Logo

विमलेन्द्र निधीलाई हराउन वाम गठबन्धनका उम्मेदवारले पनि राजेन्द्र महतोलाई सघाउने !



कात्तिक २४, काठमाण्डौ । धनुषा क्षेत्र नम्बर ३ का हेवि वेट उम्मेदवारद्धय विमलेन्द्र निधी र राजेन्द्र महतोको चर्चा चुलिदै गएको छ । मधेश आन्दोलनका नाइके मानिने महतो र कांग्रेका प्रभावशाली नेता निधीबिच एउटै क्षेत्रमा चुनावी भिडन्त हुने भएपछि कसले बाजी मार्छ भन्ने विषय सबैको चासो बनेको छ ।

दुवै उम्मेदवारले एकले अर्कालाई पराजित गरिछाड्ने दाबी गरिरहेका छन् । तर पछिल्लो घटनाक्रमले निधी पछाडि पर्ने हुन् कि भन्ने आशंका पैदा भएको छ । वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले महतोलाई सघाउने विषयमा छलफल भइरहेको छ । गठबन्धनका उम्मेदवार यादव पनि धनुषा क्षेत्र नम्बर ३ कै उम्मेदवार हुन् । यादवले महतोलाई सघाएको खण्डमा निधीलाई चुनाव जित्न निकै कठीने हुने देखिन्छ ।

निधीलाई हराउनकै लागि अन्त कतै तालमेल नगरेका वाम गठबन्धन र राजपाबिच धनुषा क्षेत्र नम्बर ३ मा महतोलाई सहयोग गर्ने विषयमा उम्मेदवारद्धय महतो र यादवबिचमा नै कुराकानी भइरहेको बताईको छ ।

अर्कोतिर कांग्रेसकै कतिपय नेताले निधीलाई हराउने षडयन्त्र गरेको आशंका गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका प्रिय पात्र मानिएका निधीले चुनाव जितेको खण्डमा प्रधानमन्त्री पदकै दाबीसम्म गर्ने आशंकामा कांग्रेसका केही नेताहरु निधीलाई हराउन चाहेको आशंका गरिएको छ ।

यद्यपी निधी आफैँ पनि धनुषा क्षेत्र नम्बर ३ मा लोकप्रिय नेता भएकाले कसैले हराउन नसक्ने दाबी कतिपयले गरेका छन् । तर एमालेका उम्मेदवारसमेतले महतोलाई सघाएर उम्मेदवारी रद्द गरेको खण्डमा निधीको जित कठिन हुने छ ।



प्रतिक्रिया दिनुहोस्