Logo

संखुवासभामा कांग्रेस जुर्मुरायो, खड्काको पक्षमा व्यापक जनलहर



काठमाडौं, २४ कार्तिक । संखुवासभामा अहिले नेपाली कांग्रेसको चुनावी चहलपहल ह्वात्तै बढेको छ । कांग्रेसका उम्मेद्धवार दिपक खड्काको कारण अहिले जिल्लामा कांग्रेसको माहोल बढेको स्थानीयहरुको भनाई छ ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि सङ्खुवासभा जिल्लाबाट उम्मेदवार बनेका कांग्रेसका दिपक खड्का र वाम गठबन्धनका राजेन्द्र गौतमले जनताको हितमा काम गर्ने गरी विभिन्न एजेण्डा पेश गरेर चुनाव जित्ने दाबी गरेपनि अहिले खड्काको पक्षमा व्यापक जनलहर देखिएको छ ।

दुवै उम्मेदवारले आ–आफ्नो दाबी प्रस्तुत गरेपनि अहिले विस्तारैविस्तारै खड्काको पक्षमा ह्वात्तै माहोल बढेपछि विपक्षी गठबन्धनका उम्मेद्धवार संशकित बनेका छन् । कांग्रेसका तर्फबाट उम्मेदवार बनेका खड्काले संखुवासभा जिल्ला पर्यटकीय, उर्जा र छिमेकी मुलुक चिनसँगको सिमा नाका जोडिएको हुनाले सम्भावनाहरु धेरै भएको बताए । सम्भावनालाई सदुपयोग गरेर विकास गर्न सकिने औँल्याउँदै खड्काले त्यसतर्फ आफु केन्द्रित हुने बताउँदै आएका छन् ।

पहिलो प्राथमिकता पूर्वाधार विकासलाई दिने प्रतिवद्धता खड्काको छ । उत्तर–दक्षिण जोड्ने राजमार्ग निर्माणका लागि आफु प्रतिबद्ध रहेको खड्काको दाबी छ ।

यसअघि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भनेका थिए,‘“अरुण तेस्रो जस्तो महत्वपूर्ण जलविद्युत अयोजना संखुवासभामा नै पर्छ । अरुणसँगै अरु थुप्रै खोलाबाट उर्जा उत्पादन गर्न सकिने सम्भावना छ । आर्थिक विकास र उर्जा आवश्यकता परिपूर्ति गर्न म केन्द्रित हुनेछु ।”

नेपाली कांग्रेस नेतृत्वको सरकारले अरुण तेस्रो निर्माण प्रक्रिया अगाडि बढाएको दाबी गर्दै खड्काले अब त्यसलाई निरन्तरता दिएर सम्पन्न गर्ने बताए ।
लालिगुरासको राजधानी मानिने संखुवासभा जिल्लामा पर्यटन क्षेत्रको विकासको सम्भावना पनि प्रशस्त भएको बताउँदै खड्काले त्यसतर्फ पनि आफ्नो ध्यान केन्द्रित भएको बताए ।



प्रतिक्रिया दिनुहोस्