Logo

झापा :ओली–सिटौला गठबन्धन, र लिङ्देललाई बेफाईदा, राम कार्की र विश्वप्रकाशमा कसले मार्ला बाजी ?



काठमाडौं, २४ कार्तिक । आगामी मंसिर २१ गते हुने संघ तथा प्रदेश सभा निर्वाचनका लागि झापामा शीर्ष नेताहरुवीच रोचक प्रतिष्पर्धा हुने भएको छ ।
झापा आन्दोलनको उद्धगमस्थल मानिन्छ । झापा आन्दोलनका अगुवाहरु सिपी मैनाली र राधाकृष्ण मैनाली छायाँमा परेका छन् । अहिले झापाबाट मुलुककै नेतृत्वदायी भूमिकामा पुगेका नेतामा सुपरस्टारहरु धेरै देखा परेका छन् । ती मध्ये एक हुन–एमाले अध्यक्ष केपी शर्मा ओली । त्यस्तै अर्का चर्चित अनुहार कृष्णप्रसाद सिटौला हुन् ।

झापाका ५ क्षेत्रमा अहिले चर्चित अनुहारहरुवीच नै रोचक भीडन्त हुने भएको छ । हुन त यतिवेला मुख्य दुई गठबन्धन वाम र लोकतान्त्रिकबाट यसअघि निर्वाचन जित्दै आएकाहरुले अवसर पाएनन्। दुवै गठबन्धनले बरु यसअघि निर्वाचन हारेकाहरुलाई अवसर दिएका छन्।

तत्कालिन झापाका ७ ओटा निर्वाचन क्षेत्रमध्ये ५ ओटामा माओवादीका उम्मेदवार विजयी भएका थिए। तर एकएक स्थान जितेर नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले पार्टीको बीउ जोगाएका थिए। क्षेत्र नं. ५ बाट केशवकुमार बुढाथोकी र क्षेत्र नं. ६ बाट एमालेका दीपक कार्कीले चुनाव जितेका थिए। तर यस पटक उनीहरु दुवै उम्मेदवार उम्मेदवार हुनबाट वञ्चित भए।

झापा १ का उम्मेद्धवारहरुवीच मित्रवत प्रतिष्पर्धा हुने भएको छ । दुवै उम्मेद्धवारहरुले आफूहरुवीच स्वस्थ प्रतिष्पर्धा हुने भनेर सार्वजनिक अभिव्यक्ति दिएसँगै अहिले उनीहरुको प्रतिष्पर्धालाई सबैलाई चासोको रुपमा लिएका छन् ।

झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मा र वाम गठबन्धनले वौद्धिक नेता राम कार्कीलाई उम्मेदवार बनाएको छ । यी दुवै उम्मेदवार जनतामाझ लोकप्रिय मानिन्छन् । अहिलेसम्मको रोचक प्रतिष्पर्धाको रुपमा लिएको यो क्षेत्रका दवै गठबन्धनका उम्मेद्धवारले आफ्नो विजयी सुनिश्चित भएको दाबी गरेका छन।

हुन त राम कार्कीले पनि आफू जित्ने भएकोले शर्माविरुद्ध किन गाली गर्नु ? भन्दै उनीहरुबीचको भीडन्तलाई कार्कीले शालिनतासँग दाँजेका छन् ।
क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस जिल्ला सभापति उद्धब थापा चुनावी मैदानमा छन् । यता वाम गठबन्धनबाट पवित्रा निरौला खरेलले उम्मेद्धवारी दिएकी छिन् । उनीहरुवीचपनि रोचक चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

क्षेत्र नम्बर ३ मा सबैभन्दा रोचक भीडन्त भएको छ । यो क्षेत्रमा हेभी वेट उम्मेद्धवारहरुवीच कडा प्रतिष्पर्धा हुँदैछ । यो क्षेत्रमा कांग्रेसका कृष्ण प्रसाद सिटौला उठेका छन् भने र एमाले, माओवादी केन्द्र र राप्रपाको तर्फबाट राजेन्द्र लिङ्देन मैदानमा छन् । त्यहाँ कसले बाजी मार्ला भनेर अहिले नै आँकलन गर्न भने सकिने अवस्था छैन ।

झापा ३ मा भने वाम र राप्रपाबीच तालमेल भएको छ । जस अनुसार राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन साझा उम्मेद्वारका रुपमा प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा छन् । तर वाम गठबन्धनले कांग्रेसका नेता सिटौलालाई मत हाल्न सक्नेबारेपनि अहिले अनुमान हुन थालेका छन् । यदि वाम गबठन्धनले सिटौलालाई मत हाल्यो भने लिङ्देन हार्ने निश्चित छ ।

यता क्षेत्र नम्बर ४ मा पनि रोचक भीडन्त छ । वाम गठबन्धनबाट एल.पी. साँवा चुनावी मैदानमा छन् भने काँग्रेसबाट देउमान थेवे मैदानमा छन् । अन्य तीन क्षेत्रमा वाम तालमेल अन्तगर्त एमाले उम्मेद्वारहरु प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर ५ त झनै चर्चाको केन्द्रविन्दु नै बनेको छ । जहाँ एमाले अध्यक्ष केपी ओली उम्मेद्धवार छन् । उनलाई कांग्रेसका डा. खगेन्द्र अधिकारीले चूनौति दिएका छन्। ओलीलाई चुनाव जित्न सहज अवस्था रहेको सूत्रहरुले दाबी गरेका छन् । ओली मुलुकको प्रधानमन्त्री भैसकेको र अब भावी प्रधानमन्त्रीको उम्मेद्धवार भएकोले उनले चुनाव सहजै जित्नेमा एमाले–माओवादी केन्द्रका नेताहरु ढुक्क छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्