Logo

नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा



नेपालगन्ज, २८ कात्तिक (रासस) : नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस, बाँकेद्वारा आज यहाँ आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उहाँले भन्नुभयो, “काँग्रेसले सधँै तानाशाहीलाई परास्त गरेको र यो निर्वाचनमा पनि आप्mनो पार्टी विजयी हुने निश्चित छ ।”

सभापति देउवाले “नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिष्ट व्यवस्था उनीहरु स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिनेछ भन्नुभयो । ”

आप्mना आन्तरिक सबैखाले तीक्ततालाई बिर्सेर निर्वाचनमा एकजुट भई जनताको समर्थनमा वाम गठबन्धनलाई परास्त गर्नु नै अहिलेको पहिलो आवश्यकता हो, यसतर्फ काँग्रेसका कार्यकर्तालाई लाग्न उहाँले निर्देशन दिनुभयो ।

सहभागी कार्यकर्ताबाट टिकट वितरणमा मूल्याँकनलाई आधार नबनाएर आप्mना नजिककालाई टिकट दिइएको कुरा उठाएपछि सभापति देउवाले एकजनालाई दियो, अर्को रिसाउँछ, तर केही गल्ती भएको छ भने पार्टीले त्यसको समीक्षा गर्ने आश्वासन दिनुभयो ।

काँग्रेस जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा सहभागी कार्यकर्ताले दिन प्रतिदिन धरमराउँदै गएको पार्टी संगठनलाई जीवन्त बनाउन व्यवस्थापन पक्षलाई चुस्त बनाउनुपर्ने सुझाव दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्