Logo

प्रदेश नम्बर १ को मुख्यमन्त्री सबैले म नै हुँ भनेका छन : आचार्य



लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार भन्छन्,‘विकास हामीले गरेका हौं, कम्युनिष्टहरुले टाउको उठाउन सक्दैनन् ’

इनरुवा, ३० कार्तिक । नेकपा एमालेका सचिव भीम आचार्यले प्रदेश नम्बर १ को मुख्यमन्त्री आफू हुने स्पष्ट पारेका छन ।्

रिपोर्टर्स क्लब नेपालले बिहीबार सुनसरीको इनरुवामा आयोजना गरेको साक्षात्कारमा उनले भने–‘सबैले म नै हुँ प्रदेश नम्बर १ को मुख्यमन्त्री हँु भनेर भनेका छन । त्यसैले त्यही हुने हो । सबैले भनिसकेपछि मैले भनिरहनु पर्दैन, हुने त्यही हो ।

सुनसरी १ बाट प्रदेशसभा ख बाट उम्मेदवार रहेका आर्चायले निर्वाचनपछि बामगठबन्धनले प्रदेश नम्बर १ सहित देशमै दुई तिहाई बहुमतले सरकार बनाउने दावी गरे ।

उनले भने,‘यसपटक हुने निर्वाचनमा देशभरिबाट एमालेमाओवादी गठबन्धनबाट र प्रदेश र प्रतिनिधि सभामा बहुमत आउँछ र आगामी सरकार वामपन्थी गठबन्धनको नेतृत्वमा बन्छ ।’

आचार्यले बामगठबन्धनको सरकार बनेपछि आगामि दश वर्षभित्रमा कुनैपनि युवाले रोजगारीको लागि विदेशिनु नपर्ने भन्दै मुलुकको विकासले अग्रगामी छलाङ मार्ने दाबी गरे ।

नेपाली काँग्रेसबाट सुनसरी २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिताराम मेहताले संविधान कार्यान्वयन, स्थायी सरकार, शान्ति र आर्थिक समृद्धिका लागी सुनसरीका सवै निर्वाचन क्षेत्रमा नेपाली कांगे्रसका उम्मेदवारहरुले वामगठबन्धनका उम्मेदवारलाई पराजित गर्ने ठोकुवा गरे ।

उनले सुनसरी जिल्लाको विकासमा विगतदेखी नै नेपाली कांग्रेसले उल्लेखनीय कामहरु गर्दै आएकाले अब हुने निर्वाचनमा पुनः सुनसरीवासी मतदाताहरुले आफुहरुलाई निर्वाचित गराउने विश्वास दिलाए ।

सुनसरी २ का वामगठबन्धनका उम्मेदवार डम्मर सुवेदी हिमालले ३० वर्षदेखी यस जिल्लामा कांग्रेसले एकलौटी रुपमा दक्षिणवर्ती क्षेत्रमा चुनाव जित्दै आएपनि सडक सिचाई विधालय स्वाथ्य खानेपानी लगायतको क्षेत्रमा कुनै पनि काम हुन नसकेका दावी गर्दै यस पटक वामगठबन्धनले चुनाव जित्ने दावी गरे ।

प्रदेशसभा २ (ख) का उम्मेदवार रामप्रसाद मेहताले आफु कांग्रेसबाट पीडित भएकाले सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरी उम्मेदवार भएको बताउँदै यस क्षेत्रमा मधेशका जनताले नेपाली कांग्रेसलाई साथ दिने स्थिति नरहेको दावी गरे ।

उनले कांग्रेसलाई चुनावबाट विदाई गर्दै वामगठबन्धनका उम्मेदवारहरुले सवै क्षेत्रमा विजयी हासिल गर्ने दावी गरे ।

सुनसरी १ ख बाट एमाले सचिव भिम आर्चायका प्रत्यासी रहेका काग्रेसका नेता बुद्धी कटुवालले सो क्षेत्रको विकासमा काग्रेसले चुनाव जिते मात्र सम्भव भएका कुरा यहाँका जनताले राम्ररी महसुस गरेकोले यसपटक पनि कांग्रेसलाई नै विजयी बनाउने दावी गरे ।

सुनसरी क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार रमेश श्रेष्ठले आफ्नो परिवारले ब्यक्तिगत र पार्टीगत रुपमा सुनसरीको विकास गरेको विषय आम जनतामा जानकारी भएकोले बाहिरबाट आउने उम्मेदवारलाई उनीहरुले विश्वास नगर्ने दावी गरे ।

उनले भने– सधै कांग्रेसले जितेको यो ठाँउ डोल्पा र हुम्ला भन्दा विकट र पछाडि परेको छ । त्यसैले यहाँका जनताले विकासको लागि नेतृत्व परिवर्तन गर्दै बामगठबन्धनका उम्मेदवारलाई विजयी बनाउने दावी गरे ।

बामगठबन्धनबाट सुनसरी ४ (ख) का प्रदेशसभा उम्मेदवार जाकिर हुसैनले आफूले छोटोसमयमा यो क्षेत्रको विकासको लागि गरेको काम सबैले स्मरण गरिरहेको र बामगठन्धनको एजेण्डाहरु राष्ट्रियता, जातजातिका सवाल, विकासको एजेण्डाहरुलाई जनताले साथ दिएकोले जित आफूहरुकै हुने दावी गरे ।

 



प्रतिक्रिया दिनुहोस्