Logo

ओलीले भने,‘पेट्रोल निकाल्छौं, फलामखानीबाट फलाम निकाल्छौं र रेल ल्याउँछौं’



काठमाडौं, ३० कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जनताले दिएको किड्नी आफ्नो शरिरभित्र रहेको बताउँदै अबको जीवन जनताको सेवामा नै समर्पित गर्ने विश्वास दिलाएका छन् ।

स्याङजाको पुतलीवजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘‘मभित्र जनताले दिएको किड्नी छ, मैले पाएको यो जिन्दगी जनताको सेवामा लगाउँछु, खान नपाएर जनता भोकै बस्ने अवस्था अन्त्य गर्छु, लाउन नपाएर नाङ्गै बस्नु पर्ने अवस्था अन्त्य गर्छु, न्याय नपाएर अन्यायमा पिल्सिने अवस्था अन्त्य गर्छु, विकास नभएर दुःख पाउने अवस्था अन्त्य गर्छु ।’

ओलीले कम्युनिस्ट पार्टीको सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला कांग्रेसले चलाएको आरोप लगाए । अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नहुने वताउनुभएको छ ।

ओलीले आफूहरुले अवको चुनावबाट कम्युनिस्ट पार्टीको सरकार बनाउनै खोजेको स्पष्ट पारे । उनले थपे,‘हो हामी अव कम्युनिस्टको सरकार बनाउँछौं, जनताको सेवा गर्छाैं, देशको विकास गर्छाैं ।’ कांग्रेसप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रश्न गरे,‘‘कांग्रेसले पटक पटक बहुमत ल्याएर के गर्यो ?’

ओलीले अव बन्ने सरकार अहिलेको जस्तो नाफाखोर नभएर जनताको सरकार हुने स्पष्ट पारे । उनले भने,‘अव मंसिरमा बन्ने सरकार अहिलेको जस्तो कमिशनखोर र नाफाखोर सरकार हुँदैन, त्यो जनताको सरकार हुन्छ, हामीले यहाँ पेट्रोलखानी पत्ता लगाएका छौं, पेट्रोल निकाल्छौं, फलामखानीबाट फलाम निकाल्छौं, रेल ल्याउँछौं, यहाँका उत्पादनलाई विदेशका वजारमा पुर्याउँछौं र समृद्ध हुन्छौं ।’



प्रतिक्रिया दिनुहोस्