Logo

जनयुद्धका घाइतेकाे गाेली हामी निकाल्छौं : “अाेली”



कार्तिक १ मंसिर। बाम गठबन्धनका शीर्ष नेताहरु माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा अाेलीले नेपालमा स्थिरता र समृद्धिकाे युग अाउने बताउनु भएकाे छ।

बुधबार स्याङ्जाकाे पुतलीबजार, स्याङ्जाकाे वालिङ, बाग्लुङकाे गल्काेट र पर्वतकाे कुश्मा बजारमा अायाेजित चुनावी सभालाई सम्बाेधन गर्दै नेताहरुले उक्त कुरा बताउनु भएकाे हाे। सभालाई सम्बाेधन गर्दै नेताहरुले पुसकाे पहिलाे साता बामपन्थीकाे बहुमतकाे सरकार बन्ने बताउनु भयाे।

बिपीले अावेशमा समाजवाद भनेका थिएनन्, “प्रचण्ड”

चुनावी सभालाई सम्बाेधन गर्दै प्रचण्डले भन्नभयाे, “नेपाल जहिले पनि राजनीतिक अस्थिरताकाे भूमरिमा फस्याे। २००७ सालदेखिकाे राजनीतिक स्थिरता र विकासकाे चाहना अधुरै रह्याे। हामी त्यसकाे अन्त्य चाहन्छाैं, समृद्ध नेपाल चाहन्छौं, संविधानमा व्यवस्था भएकाे समाजवादकाे यात्रामा अघि बढ्न चाहन्छौ। अहिले कांग्रेसका नेताहरुले सेन्टिमेन्टमा अाएर बिपीले समाजवाद भने भन्न थालेका छन्। बिपीले अावेशमा समाजवाद भनेका थिएनन्। कांग्रेस बिपीकाे अादर्शबाट नराम्राेसँग चिप्लिएकाे छ।”

“हामी कम्युनिष्ट मिल्दा कांग्रेसका नेताहरु अात्तिनुपर्ने कुनै कारण छैन। तपाईहरु पनि महन्त ठाकुर, राजेन्द्र महताेहरुलाई मिलाउनुस्। नेपालमा धेरै पार्टी अावश्यक छैन” गल्काेटमा अायाेजित सभामा प्रचण्डले भन्नुभयाे, “नेपालमा कम्युनिष्ट र कांग्रेसबीच लाेकतान्त्रिक प्रतिस्पर्धा गरौं, विकास र समृद्धिका लागि प्रतिस्पर्धा गरौं। राजनीतिक स्थिरता र स्थिर सरकारका लागि प्रतिस्पर्धा गरौं। के त्यसमा तपाईहरु डराउनु भएकाे हाे ? अात्तिनुभएकाे हाे ? तपाईहरुले नेपालमा धेरै वर्ष शासन गर्नुभयाे। तर, राष्ट्रिय उद्याेगहरु काैडीकाे मूल्यमा बेचिए। विकास अायाेजना ठप्प भए। अहिले अाएर फेरि राष्ट्रिय गाैरवकाे अायाेजना बुढी गण्डकी राेक्नुभयाे। चुनावमा यसकाे मूल्य तपाईहरुका लागि चर्कै पर्नेछ।”

“गीरिजाबाबू जीवित भएकाे भए हलाे बाेकेर हिड्नु हने थिएन। राजावादी पार्टीलाई काँधमा बाेक्नु हुने थिएन। अहिलेकाे कांग्रेसले गीरिजाकाे अादर्श बिर्स्याे” प्रचण्डले भन्नुभयाे, “कांग्रेसकाे गणतन्त्रप्रतिकाे निष्ठा कमजाेर हुँदैछ। नेताहरुले समाजवादी अादर्शमाथि हमला गर्दैछन्, याे कांग्रेस सक्किने लक्षण हाे। तपाईहरुले पचासाैं वर्ष देशमा शासन गर्नुभयाे। एकपटक कम्युनिष्टकाे पूर्ण बहुमतकाे शासन हेर्नुस्, हामी देशलाई नयाँ युगमा लैजान्छौं। हामी लाेकतान्त्रिक प्रणालीबाटै जान्छौं, अधिनायकवाद तपाईहरुकाे भूत मात्र हाे।”

चुनावी सभालाई सम्बाेधन गर्दै एमाले अध्यक्ष केपी शर्मा अाेलीले जनयुद्धका घाइतेहरुका शरिरका गाेली बामपन्थी सरकारले निकाल्ने बताउनु भयाे।
“तपाईहरुले परिवर्तनका लागि लडाई लड्नुभयाे। जनयुद्ध र जनअान्दाेलनमा तपाईहरुले गर्नुभएकाे याेगदानकाे म सम्मान गर्छु” गल्काेटमा अायाेजित चुनावी सभामा अाेलीले भन्नुभयाे, जनयुद्ध लडेका साथीहरुले चिन्ता नलिनुस्, तपाईहरुकाे शरिरका गाेली हामी निकाल्छौं। राेजगारीकाे वातावरण सिर्जना गर्छौं, तपाईहरुले गरेकाे त्याग र बलिदानकाे सम्मान गर्छौं।”

“पुसकाे पहिलाे हप्ता बामपन्थी सरकार बन्छ। हामी त्यसैका लागि देशव्यापी अभियानमा छौं। बामपन्थी सरकारलाई कसैले राेक्नै सक्दैन” कुश्मा बजारमा अध्यक्ष अाेलीले भन्नुभयाे, “अब नेपालमा राजनीतिक स्थिरताकाे युग सुरु भयाे, समृद्धिकाे युग सुरु भयाे। कम्युनिष्टहरुकाे एकता कसैले राेक्न सक्दैन। हामी नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाएर देखाउँछौं। चुनावपछि एमाले र माअाेवादीकाे पुच्छर हटाउँछौं, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउँछौं।”

 

229
41 0 0 270 0



प्रतिक्रिया दिनुहोस्