Logo

सबैले एक्ल्याएपछि उपेन्द्र यादव सकसमा, जयप्रकाश ठाकुर र उमेश यादवबिच उपेन्द्रलाई हराउन गोप्य छलफल



२ मंसिर, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवविरुद्ध स्वतन्त्र भन्दै बागी उम्मेदवारी दिएका जयप्रकाश ठाकुरलाई वाम गठबन्धनका उम्मेदवार उमेश यादवले सघाउने संकेत गरेका छन् । उपेन्द्र यादवलाई हराउनका लागि ठाकुर र उमेशबिच गोप्य छलफल भएको बताइएको छ ।

सप्तरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका हुन् ।
यादवविरुद्ध मधेसी गठबन्धनभित्रै पनि अन्तर्घात गर्न खोजिएको आशंका गरिएको छ । सुनसरी छाडेर सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव लडिरहेका यादवलाई ‘टुरिस्ट’ उम्मेदवार भन्दै गठबन्धनमा रहेको दल राजपा नेपालबाटै असहयोग हुने देखिएको छ । बागी

उम्मेदवारी दिएका ठाकुरलाई गठबन्धनका उमेशसहित राजपाकै नेताहरुले पनि समर्थन गरेको चर्चा चलेको छ ।
आफुले हार्ने निश्चित जस्तै भएकोले वाम गठबन्धनका उम्मेदवार उमेशले ठाकुरलाई सघाएर यादवलाई हराउन खोजेको अनुमान गरिएको छ । उमेशले ठाकुरलाई समर्थन गरेर मतदातासमक्ष ठाकुरलाई नै मतदान गर्न घोषणा गरेको खण्डमा उपेन्द्रले हार्ने सम्भावना धेरै छ ।



प्रतिक्रिया दिनुहोस्