Logo

कांग्रेसको गोप्य रिपोर्ट : प्रत्यक्षमा ७० र समानुपातिकमा ४५ सिट जित्ने दाबी



काठमाडौं, २ मंसिर । मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कति सिट जित्ने भन्नेबारे नेपाली कांग्रेसले प्रारम्भिक अनुमान गरिसकेको छ । स्रोतका अनुसार कांग्रेस शीर्ष नेताहरुको गोप्य बैठकमा कति सिट जित्नेबारे अहिले नै प्रारम्भिक अनुमान गरिएको खुलासा भएको छ ।

पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा हालै बसेको गोप्य बैठकमा शीष नेताहरुले देशभरि प्रत्यक्षतर्फ कम्तिमा ७० सिट जित्ने दाबी गरेका छन् । त्यस्तै समानुपातिकतर्फ ४५ सिट जित्नेसमेत उनीहरुको अनुमान छ ।

मुलुकमा अहिले लोकतान्त्रिक र वाम गठबन्धनवीच चुनावी प्रतिष्पर्धा हुँदैछ । एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले दुई तिहाई ल्याउने दाबी गरिरहेको बेला कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले पनि वाम गठबन्धनलाई ठूलै काउन्टर दिने ठोकुवा गरेको छ। राजपा नेपाल, राप्रपा, संघीय समाजवादी फोरम नेपालसँग चुनावी तालमेल गरेको कांग्रेस पछिल्लो समय चुनाव जित्नेमा ढुक्क रहेको छ ।



प्रतिक्रिया दिनुहोस्