Logo

लोकतन्त्रको रक्षाका लागि काँग्रेसको विजय आवश्यक : डा कोइराला



सोलुखुम्बु, ५ मंसिर :  नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले लोकतन्त्रको रक्षा र दिगो विकासका लागि नेपाली काँग्रेसले जित्नु आवश्यक रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सोलुखुम्बुले आज जिल्लाको नेले बजारमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै महामन्त्री डा कोइरालाले वामको स्वार्थका कारण गठबन्धन बनेको भन्दै निर्वाचन सकिनासाथ त्यो भताभुंग हुने र त्यसको असर लोकतन्त्रमा समेत पर्ने खतरा रहेको बताउनुभयो ।

उहाँले वाम गठबन्धनका कारण काँग्रेस समस्यामा परेको भन्ने टिप्पणी हल्ला मात्र भएको बताउँदै आगामी निर्वाचनमा काँग्रेस राम्रो स्थानमा आउने दाबी गर्नुभयो ।
महामन्त्री डा कोइरालाले सोलुखुम्बुको चौँरीखर्कसम्म सडक लैजाने, ओखलढुङ्गाबाट नेचा सडक स्तरोन्नतिलगायतका महत्वपूर्ण काम दुई वर्षभित्र पूरा गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सोलुखुम्बुका जनताले सदा झैँ यसपटक पनि काँग्रेसलाई माया गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्