Logo

बर्दिया १ मा बामदेव गौतमको पक्षमा जनमत बढ्दै, प्रतिस्पर्धी संजय गौतमलाई सकस



७ मंसिर, काठमाण्डौ । बर्दियाको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट बिनाविभागीय मन्त्री सन्तकुमार थारू र फोरम लोकतान्त्रिकका भूमिसुधारमन्त्री गोपाल दहितबीच प्रतिस्पर्धा हुँदैछ भने नेपाली कांग्रेसका सिँचाइमन्त्री सञ्जय गौतम र एमालेका उपाध्यक्ष गौतम भिड्दैछन् ।

हेविवेट नेता मानिएका बामदेव गौतमको चुनावी क्षेत्र बर्दिया मा कडा भिडन्त हुने देखिएको छ । आगामी मंसिर २१ गते हुने चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका एमाले उपाध्यक्ष बामदेव गौतमलाई कांग्रेस नेता संजय गौतमले चुनौति दिएका छन् ।

बहालवाला मन्त्री संजयसँग बामदेवलाई चुनाव लड्न निकै कठिन हुने अनुमान गरिए पनि अहिले त्यस क्षेत्रको जनमत बामदेवतिरै देखिएको छ । यता सिँचाई मन्त्रीसमेत रहेका संजयले भने चुनाव जित्नका लागि ठूलो खर्च गरेका छन् ।

स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्ने हो भने वाम गठबन्धन कांग्रेसभन्दा बलियो छ । जिल्लाका आठ स्थानीय तहमध्ये गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा मात्र प्रमुख र उपप्रमुख पदमा कांग्रेस विजयी भएको थियो । तीन स्थानीय तहमा एमाले र तीन स्थानीय तह माओवादी केन्द्र विजयी भएको थियो ।

यसपटकको चुनावमा एमाले र माओवादी दुवैको मत बाँडिएन भने वाम गठबन्धनले जित्ने प्रबल सम्भावना देखिएको छ ।
स्थानीय चुनावभन्दा अगाडि हेर्ने हो भने बर्दियामा कांग्रेस कमजोर देखिँदैन । क्षेत्र नं. १ बाट ०४८ देखि ०७० चुनावमा उठेका एमाले उपाध्यक्ष गौतम दुईपटक पराजित भइसकेका छन् । उपाध्यक्ष गौतममाथि कामभन्दा बढी आश्वासन बाँड्ने गरेको स्थानीय आरोप छ ।

तर यसपटकको चुनावमा माओवादीको मतसमेत बामदेवलाई जाने भएपछि मन्त्री संजयको हार निश्चित जस्तै भएको कतिपयले बताउने गरेका छन् ।
पछिल्लो समय जनताको घरदैलोमा मत माग्न व्यस्त संजयले चुनाव हार्ने सम्भावना देखेपछि ठूलो धनराशी खर्च गर्ने गरेको कतिपयले आरोप समेत लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्