Logo

डोल्पाका ८ निर्वाचन केन्द्रको जानकारी आएन, मतदान सुरु भए नभएको अन्यौल



१० मंसिर, डोल्पा । डोल्पा जिल्लाका ८ वटा केन्द्रमा मतदान सुरु भए नभएको जानकारी प्राप्त हुन सकेको छैन ।
जिल्लाका ६६ मतदान केन्द्र मध्ये ५८ वटामा भने मतदान भइरहेको छ ।
सम्पर्क नहुँदा ८ वटा केन्द्रमा मतदान सुरु भयो कि भएन भन्ने जानकारी प्राप्त हुन नसकेको हो ।

उपल्लो डोल्पाको शे–फोक्सुन्डो, डोल्पो बुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका केन्द्रहरुमा सम्पर्क हुन नसकेको हो ।

शे–फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र र डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्रमा सम्पर्क हुन नसकेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्