Logo

‘गोप्य’ मतदान सबैका सामू सार्वजनिक गरेपछि माओवादी नेता शालिकराम जमकट्टेल विवादमा



१० मंसिर, काठमाण्डौ । आफैँ उम्मेदवार रहेका माओवादी नेता शालिकराम जमकट्टेलले मतदानपछि मतपत्र तस्विरमार्फत सार्वजनिक गरेपछि विवादमा ताएिका छन् ।
वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार माओवादी नेता जमकट्टेलले निर्वाचन आयोगको नीति विपरित आफूले गरेको ‘गोप्य’ मतदान सबैका सामू सार्वजनिक गरेका हुन् ।’


कुनै पनि मतदाताले आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न पाइँदैन । मतदानलाई ‘गोप्य’ भन्ने गरिन्छ । कुनै मतदाताले आफूले गरेको मतदानको फोटो खिचेर ल्याउन नपाउन भनेर मतदान केन्द्रमा मतदातालाई क्यामेरा तथा मोबाइल लैजान पनि निषेध गरिएको हुन्छ ।

तर, माओवादी नेता जमकट्टेलले भने आफूले गरेको मतदान पत्रकार र त्यहाँ उपस्थिति सबैलाई देखाउँदै फोटो समेत खिचाएका छन् । उक्त तस्बिरमा उनले मतपत्रमा कुन दलको चुनाव चिह्नमा मत हालेका छन् भनेर प्रस्ट देख्न सकिन्छ । नेता जमकट्टेलले धादिङको गजुरी गाउँपालिका–७ तिरानचोक कटुन्जे मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार कुनै मतदाताले आफूले गरेको मतदान सार्वजनिक गर्न पाउँदैन । यस विषयमा सर्वत्र विरोध आलोचना भइरहे पनि निर्वाचन आयोग भने मौन छ ।



प्रतिक्रिया दिनुहोस्