Logo

बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई अभिव्यक्ति सच्याउन ओलीको सुझाब



१० मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिक नेता दलाई लामालाई बुद्धको जन्मस्थान बारे दिएको गलत बयान सच्याउन आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र न. ३ मा बौद्धमा आयोजित चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा आइतबार बोल्दै उनले बुद्ध नेपालमा जन्मेका हुन भन्ने ऐतिहासिक तथ्य हुँदाहुँदै त्यसलाई बंग्याएर भारतमा जन्मेका हुन भन्ने ‘दुराशययुक्त’ र ‘गैरजिम्मेवार’ अभिव्यक्ति नदिन चेतावनी दिए ।

‘बुद्ध नेपालमा जन्मिएका हुन, जन्मथलो नेपाल हो भन्ने २६६१ बर्ष अघि नै लेखिएको हो’ ओलीले भने । ‘दलाई लामाले बुद्ध भारतीय हुन, भारतमा जन्मेका हुन भन्दै नेपालीहरुको राष्ट्रिय संवेदनशिलतामाथि खेल्नु भएको छ । म उहाँलाई उक्त गल्ती तत्काल सच्याउन आग्रह गर्छु । गल्ती सच्याउनु भएन भने उहाँलाई पश्चताप हुन्छ ।’

पृथकताबादी नेता लामाले केही दिन पहिले गौतम बुद्ध नेपाली, चिनियाँ र तिव्वती नभई भारतीय भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्