Logo

मन र मतलाई परिवर्तन गर्न संयोजक मिश्रको आग्रह



नेपालगञ्ज, १० मंसिर :  विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले राजनीतिमा दलहरुले खेलेको भूमिकाको मूल्यांकन र उम्मेदवारको पृष्ठभूमिका आधारमा मतदान गर्न नागरिकलाई आग्रह गर्नुभएको छ ।

सो पार्टीद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नागरिकले सही दल र उम्मेदवारलाई भोट नदिए मुलुक र नागरिकले थप क्षति व्यहोर्नु पर्छ ।”

“सबै जनतालाई दलहरुले राजनीतिको गाढा रंगमा रंगाएका छन्, नेता सुविधाभोगी छन्, नागरिकले अभाव, कष्ट झेलिरहेको अवस्था छ, अब पनि हामीले मन र मतलाई परिवर्तन गर्न सकेनौँ र राजनीतिको रंग पखाल्न सकेनौँ भने हाम्रो भविष्य सुरक्षित हुन सक्दैन”, संयोजक मिश्रको भनाइ थियो ।

निरन्तर संविधान परिवर्तन गरेर मात्र अधिकार प्राप्ति नहुने धारणा राख्दै उहाँले नागरिकको अधिकारलाई समृद्धि र विकाससँग जोडनु नै आफ्नो पार्टीको मार्गचित्र हुने बताउनुभयो ।
त्यस अवसरमा सो पार्टीका केन्द्रीय सदस्य गेहेन्द्र दाहाल, किशोर थापा र बाँके क्षेत्र नं. २ प्रदेश सभाका उम्मेदवार डा. बिनोद कर्णले डुब्न लागेको मुलुकको राजनीतिक डुंगालाई जोगाउन आफूहरु राजनीतिमा आएको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्