Logo

कम मत खस्दा वामपन्थीलाई झट्का, बहुमतको सरकार बनाउन नसक्ने पक्का !



काठमाडौं, १० मंसिर । आज ३२ जिल्लामा भएको पहिलो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । मतदानमा निराशजनक सहभागिता भएको छ । जति अपेक्षा गरिएको थियो, त्यति मतदान नभएपछि अब कम मतदान हुँदा कसलाई बढि फाईदा वा घाटा होला त । यो सोचनीय विषय बनेको छ।

मुलुक यतिवेला संविधान कार्यान्वयन गराउने चरणमा भएकोले निर्वाचन अत्यन्तै महत्वपूर्ण खुड्किलो मानिएको छ। कम मत खस्दाखेरि यसको नकारात्मक असर नेपाली कांग्रेसलाई भन्दा बढी वामपन्थीहरुलाई पर्न जाने विश्लेषकहरुको दाबी छ ।

तर अर्का थरि विश्लेषकहरुले नेपाली कांग्रेस मास बेस पार्टी भएकोले निर्वाचनमा विभिन्न कारणले सर्वसाधरण जनताहरुको मतदानमा सहभागिता नभएको बुझिएको छ । यदि यो सत्य हो भने यसको पहिलो घाटा कांग्रेसलाई नै लाग्छ ।

कम प्रतिशतमात्रै मत खस्दा कांग्रेसलाई ठूलो घाटा लागेको एक जना काग्रेस नेताले बताए । उनका अनुसार कम प्रतिशतमात्रै मत खस्दाखेरि यसको सोझो असर समानुपातिक सीटमा पनि पर्ने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्