Logo

देउवालाई प्रचण्डले भने,‘पराजय भोग्नुपर्ने थाहा हुँदाहुँदै पनि तपाईले चुनाव गर्ने बाचा पूरा गरेकोमा धन्यवाद छ’



काठमाडौं, २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिकुलताका बीच चुनाव गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएपछि प्रचण्डले मतदातालाई धन्यवाद दिँदै यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्ने बताएका छन् । जनताले स्थायित्वका लागि मत दिएको भन्दै उनले इमान्दार भएर जनतासामू गरिएका बाचा कार्यान्वयनमा लाग्ने बताए ।

दाहालले सरकार गठन र पार्टी एकतासँगसँगै अघि बढ्ने समेत विश्वास दिलाए ।

पत्रकारहरुको एक प्रश्नमा उनले संविधान संशोधन समय क्रममा आवश्यकता आनुसार हुँदै जाने बताए । प्रदेश २ को मत परीणामले वाम गठबन्धनले अझ मेहनत गर्नु पर्ने र जनताका बीच जानु पर्ने देखाएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्