Logo

मुनीले भनेका थिए—काँग्रेसको अधिकतम ३० सिट



काठमाडौं, २६ मंसिर । देश चुनावको चटारोमा रहँदा नेपाल मामलाका भारतीय विज्ञ एस.डी.मुनी मंसिरको दोस्रो साता नेपाल आएका थिए । प्रो—पब्लिकले पानीबारे आयोजना गरेको सेमिनारमा भाग लिने बहानामा राजधानीको होटलमा एक साता बिताएका उनले मुख्य दलका नेतृत्व देखि नागरिक समाजका प्रभावशाली व्यक्तिहरूसँग पनि भेटेका थिए ।

नेपाली काँग्रेसका केही नेताहरूसँगको भेटमा मुनीले ठोकुवाका साथ काँग्रेसले प्रत्यक्षतर्फ ३० सिटभन्दा बढी नजित्ने बताएका थिए । नेपाल मामलामा भारतको नीतिनिर्माण तहमा समेत प्रभाव राख्ने मुनीको भनाई सम्झेर काँग्रेसका केही नेताहरूले अहिले गम्भीरताका साथ लिन थालेका छन् । मुनीको भनाईलाई यसअघि उनको कम्युनिष्ट नेताहरूसँगको निकटताका कारण पूर्वाग्रही भनाई ठानेका थिए ।

नेपाल बसाईंका क्रममा मुनीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत भेटेका थिए । पुत्रवियोगमा रहेका प्रचण्डलाई भेट्दा उनले गोप्य कुराकानी समेत गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्