Logo

अध्यादेशलाई राष्ट्रपतिले स्विकृति दिनुको विकल्प छैन : अध्यक्ष केसी



काठमाडौं, २९ मंसिर । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले नेपाल सरकारले राष्ट्रपति समक्ष लगेको अध्यादेशलाई राष्ट्रपतिले स्विकृति दिनबाहेकको अरु कुनै विकल्प नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । अध्यादेशका कारण निर्वाचन नहुने र नयाँ सरकारसमेत गठन हुन नसक्ने अवस्था भएकाले अध्यादेश रोक्न नुहुने केसीले बताएका छन् । ‘निर्वाचन आयोगलाई चुनावको अन्तिम नतिजा घोषणा गर्न नदिने हो भने रोके हुन्छ ।’ केसीले भने ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै निर्वाचनको मत परिणाम घोषणा नभएसम्म नयाँ सरकार गठन हुन नसक्ने र अध्यादेश पारित नभएसम्म परिणाम सार्वजनिक गर्न नमिल्ने भएकाले कठिन परिस्थितीको मर्म बुझ्न केसीले आग्रह गरे । ‘राष्ट्रपतिले अध्यादेश रोकिराख्नुभयो भने निर्वाचन नभए सरह हुन्छ । सरकार नै गठन हुन सक्दैन।’’ केसीले भने ।

केसीले प्रधानमन्त्रीले सिफारिश गरेको अध्यादेश राष्ट्रपतिले स्विकृत गरेर पठाउनुको विकल्प नभएको समेत तर्क गरे । ‘‘राष्ट्रियसभाको अध्यादेशलाई राष्ट्रपतिले तुरुन्त स्विकृत गर्नुपर्छ । अध्यादेश रोक्नु भनेको चुनाव रोक्नु हो ।’’ केसीले भने । राष्ट्रियसभा गठनका लागि तीन जना मनोनित गर्नुपर्ने व्यवस्था भएको र उक्त मनोनितसमेत अहिलेकै सरकारले गर्नुपर्ने उनको तर्क छ ।

उनले अहिले कुनै एक दलले पनि बहुमत प्राप्त नगरेको उल्लेख गर्दै थपे,‘निर्वाचन आयोगले सबै मतपरिणाम सार्वजनिक गरिसकेपछि निर्वाचन सकिएको प्रतिवेदन आयोगले सरकारसमक्ष पेश गर्नुपर्छ, तर अहिले मतपरिणाम पूर्ण आएको छैन्।’ उनले प्रधानमन्त्रीले पनि संविधानको उल्लंघन गर्न नहुने धारणा राखे । उनले थपे,‘प्रधानमन्त्रीले अहिले त्यतिकै राजिनामा दिनुहुँदैन्, राजिनामा दिनु भनेको संविधानको उल्लंघन हुन्छ, र सरकार बनाउनेहरुले पनि हतार गर्नुभएन्।’

उनले जसले हाउमा १३८ जनाको होल्ड गर्ने प्रधानमन्त्री बन्ने दाबी गर्दै भने,‘राष्ट्रिय सभाको निर्वाचन गर्नुपर्छ, नगराईकन सरकार गठन गर्नु भनेको संविधानको उल्लंघन हो।’ संविधानको उल्लंघन गरे बारले वाच डगको रुपमा काम गर्ने समेत चेतावनी दिए ।

 



प्रतिक्रिया दिनुहोस्