Logo

देउवाले हलो अड्काउने गरी राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पु¥याएर गल्ती गरे : भिम रावल



पुस ३, काठमाण्डौ । नेकपा एमालेका नेता भिम रावलले आफूहरुलाई सरकारमा जान हतार नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता रावलले प्रणाली र प्रक्रियका विषयमा मात्रै एमालेले प्रश्न उठाएको बताए ।

नेपालमा लोकतान्त्रिक संस्कार बसाल्ने कुरालाई प्राथमिकतामा राखेर सत्ताको कुरा उठाइएको रावलको भनाई छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हलो अड्काउने गरी राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पु¥याएको आरोप रावलले लगाए ।

संविधान प्रतिकुल हुने गरी काम गरेपछि त्यसलाई राष्ट्रपतिले प्रमाणिकरण गर्न अनिवार्य नहुने रावलको तर्क छ । “संविधान प्रतिकूल हुने गरी आएका कुराहरुलाई आखाँ चिम्लेर छाप लगाउने अधिकार राष्ट्रपतिलाई छैन ।” रावलले भने ।

राष्ट्रपतिले जनताको जनादेश र कानुनी मान्यतालाई मान्नुपर्ने बताए । राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका बारेमा वृहत छलफल गरेर टुङ्गो लगाउनुपर्ने रावलको भनाई छ ।

मन्त्रीपरिषदले गरेका निर्णय राष्ट्रपतिले स्विकृत गर्नुपर्ने कानुनी व्यवस्था भए पनि कानुनविपरितका त्यस्ता निर्णय स्विकृत गर्न राष्ट्रपति बाध्य नहुने रावलको तर्क छ ।

फरक प्रसंगमा रावलले एमाले र माओवादीबिचमा पार्टी एकता हुने दाबी गर्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा कुनै विवाद नहुने बताए । पार्टी एकता र सरकार निर्माणको एकसाथ लैजाने रावलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्