Logo

प्रचण्ड र ओली राष्ट्रपति निवासमा, अध्यादेशबारे छलफल हुँदै



५ पुस, काठमाडौं । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न सत्तापक्षले दबाव दिइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न वामपन्थी गठबन्धनका शीर्षनेता राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपतिसँग परामर्शका लागि शीतलनिवास पुगेका हुन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ नेपाली कांग्रेसका नेताहरुले अध्यादेश जस्ताको त्यस्तै जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेका बेला वाम गठबन्धनका नेतासँग राष्ट्रपतिले छलफल गर्न चाहेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

कांग्रेसले राष्ट्रियसभाको निर्वाचन एकल संक्रमणीय मतका आधारमा हुनुपर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई दबाव दिइरहेको छ ।

एमालेले भने बहुमतीय प्रणालीबाट राष्ट्रियसभाको निर्वाचन हुनुपर्ने बताइरहेको छ भने माओवादी मध्यमार्गी समाधानको पक्षमा छ ।



प्रतिक्रिया दिनुहोस्