Logo

उपेन्द्रलाई पहिलो रोजाईमा राखेपछि ओलीसँग प्रचण्ड टाढिए !



काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकाएक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टाढिएको र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नजिएको स्रोतको दाबी छ ।

एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको लागि बैठक बस्ने तयारी चलिरहेको बेला हिजो प्रचण्ड भैरहवाबाट आउन सकेनन् । यसको पछाडि ओली र प्रचण्डवीच मनमुटाव सुरु भएको हो कि भनेर शंका गर्ने ठाउँ रहेको स्रोतको दाबी छ । हुन त एमाले संसद्को सबैभन्दा ठूलो दल बन्यो र केन्द्रमा एक्लै सरकार बनाउन सक्ने हैसियत नभएपनि संसद्को सबैभन्दा सानो दलसँग सहकार्य गरेर उसले सरकार बनाउन सक्नै हैसियत राखेको छ। यति मात्रै होइन संसद्को सबैभन्दा सानो दलसँग सहकार्य गर्दा एमालेले प्रदेशमा पनि छ नं बाहेक सबै तिर सरकार बनाउन सक्ने अवस्था आइसकेको छ।

एमाले निकट उच्च स्रोतले दिएको जानकारी अनुसार ओलीले अहिले माओवादीसँगको सम्झौता भंग गरेर फोरमसँग नजिक हुनतिर जोड दिएका छन । उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एकता अब कसैले चाहेर पनि भाँड्न नसक्ने दाबी गरेका छन् । हिजोमात्रै पनि प्रचण्डले एमालेमाथि गम्भिर आरोप लगाए ।

प्रदेश नं २ को सबैभन्दा ठूलो पार्टी संघीय समाजवादी फोरम बनेको छ । जहाँ उसले कूल २९ सिट ल्याएको छ भने दोस्रो भएको राजपाको २४ सिट आएको छ। यहाँ एमाले तेस्रो भएको छ। उसको २१ सिट आएको छ। कूल १०७ प्रदेश सदस्य रहेको २ नं प्रदेशमा एमाले र फोरम मिल्दा सरकार गठन हुँदैन। बहुमतको लागि ५४ सिट चाहिनेमा यी दुई पार्टीको जम्मा ५० सिट मात्र

त्यसमा राजपालाई समेट्न सकेको खण्डमा संघीय समाजवादी फोरमले सरकार गठन गर्न सक्ने अवस्था रहेको छ। यो प्रदेशमा नेकपा माओवादी केन्द्रको १३ र काँग्रेसको १९ सिट छ।
तत्काल प्रचण्डलाई अध्यक्ष मानेर जान एमाले शीर्ष नेताहरु तयार देखिएका छैनन् । सुरुमा पार्टी एकताको हल्ला चलाउँदा एक जना प्रधानमन्त्री र अर्को नेता अध्यक्ष बन्ने दाबी गरिएपनि एमालेले प्रचण्डर्ला अध्यक्ष मानेर जान नसकिने भन्दै बरु पार्टी एकता नै भाँडिएपनि भाँडियोस् भन्ने सम्मको तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्