Logo

राष्ट्रिय सभाकाे विवाद केही दिनमा अन्त्य हुन्छ : “प्रचण्ड”



पुस, १०भरतपुर। पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभा गठनसम्बन्धि देखिएकाे विवाद केही दिनभित्र अन्त्य हुने बताउनु भएकाे छ।

“संविधानमा राष्ट्रिय सभाबारे ठाेस कुरा उल्लेख छैन। त्यही भएर नै यसबारे दलहरु बीच केही विवाद देखिएकाे छ” भरतपुर शुक्रनगरकाे प्रभात माविकाे ४७ अाैं वार्षिकाेत्सवलाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “सुरुमा दलहरुकै सहमतिमा एकल संक्रमणीय प्रणालीमा जाने समझदारी बनेकाे थियाे, त्यहीअनुसार ड्राफ्ट बन्याे। पछि कांग्रेसका नेताहरुका कारण बहुमतीय प्रस्ताव गयाे। एकल संक्रमणीय मतमा जाँदा तीन जना (महिला, दलित र अपाङ्ग वा पिछडिएकाे क्षेत्र) काे सदस्य निर्वाचित गर्न समस्या अाउँछ, त्यसका लागि बहुमतीयमै जानुपर्छ। तर, राष्ट्रिय सभामा प्रतिपक्ष पनि चाहिन्छ। त्यसमा एमाले अध्यक्ष अाेली र मेराे गम्भीर रुपमा नै कुराकानी भएकाे छ। राष्ट्रिय सभा गठनसम्बन्धि विवाद केही दिनमा अन्त्य हुन्छ।”

“अाज कतिपय अनलाइन र साेसियल मीडियामा पार्टी एकताबारे भ्रामक समाचारहरु अाएका छन्। बामपन्थी एकता भाँड्न सकिन्छ कि भनेर प्रयास गरिएकाे छ” भरतपुरमा अायाेजित बुद्धिजीवीहरुकाे कार्यक्रममा बाेल्दै अध्यक्ष प्रचण्डले भन्नुभयाे, “पार्टी एकतामा हामी बीच कुनै समस्या छैन। हिजाे नै म भैरहवाबाट काठमाडौं पुगेर पार्टी एकता समितिकाे बैठक बस्ने तयारी थियाे। मौसमकाे खराबीका कारण जान सकिएन। पर्सि काठमाडौं गएपछि एकता समितिकाे बैठक बस्छ, एकता प्रक्रिया अघि बढ्छ। पार्टी एकता हुँदैन कि भनेर कसैले साेचेकाे छ भने त्याे कल्पना मात्र हुन्छ।”



प्रतिक्रिया दिनुहोस्