Logo

‘पार्टी नेतृत्व ठीक भएन, अब सुधार्नको लागि जस्तोसुकै कदम चाल्छौं’ : सिंह



काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको नेतृत्वमा सुधार ल्याउन जस्तोसुकै कदम चाल्न पनि आफु पछि पर्ने उद्घोष गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको अलोकप्रियताका कारण यो अवस्थामा पार्टी आएको आरोप लगाउदै वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्वर १ मा आयोजित कार्यक्रममा नेता सिंहले यसअघिका सभापतिहरुले पार्टीको गरिमा राख्न सफल भएपनि देउवाको नेतृत्वकालमा त्यो गरिमा राख्न नसकिएको आरोप लगाए ।

उनले भने,‘पार्टी नेतृत्व ठीक भएन, कांग्रेसलाई सुुधार ल्याऊ भन्ने कुरा त अहिलेको चुनावको अभिमतले पनि देखाएको छ ।’ अब कांग्रेसलाई सुधार ल्याउने काममा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उहाले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्