Logo

वाम एकताका विरुद्ध भ्रम फैलाउने प्रयत्न भैरहेको छ : प्रचण्ड



काठमाडौँ, ११ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु वाम एकतालाई सार्थक निश्कर्षमा पुर्याउन प्रयत्नरत रहेको बताएका छन् ।

मंगलबार बिहान कृषि तथा वन विज्ञान विश्वविद्यालयले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले केहि सञ्चारमाध्यमले आफुलाई चितवनमा अलमलमा रहेको भनेर चित्रण गरिएको भन्दै भ्रममा नर्पन आग्रह गरे ।

निर्वाचन आयोगले समानुपातिक तर्फको प्रतिनिधिसभा सदस्यको परिणाम सार्वजनिक गर्न केहि दिन लाग्ने भनेको र एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्व निर्धारित कार्यक्रम नरोक्न आग्रह गरेकाले आफु सल्लाहले नै बसेको बताए ।

उनले आफु पुर्व निर्धारित कार्यक्रममा रहेको र वाम एकताका विरुद्ध केहि भ्रम फैलाउने प्रयत्न भैरहेको भन्दै त्यसका पछाडी नलाग्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्