Logo

सभापति देउवाले झपारेपछि गगन थापा यु टर्न



१७ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापासँग पछिल्ला अभिव्यक्तिबारे छलफल गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी नेतृत्व नै परिवर्तन गर्नुपर्छ भन्ने थापाको भनाईप्रति आपत्ति जनाएको वालुवाटार स्रोतले बताएको छ ।

पार्टीको नीति र विधि विपरित गएर मलाई हटाउने आधार के छ भनेर देउवाले थापालाई सचेत गराएका थिए । थापाले भने आफूले नेतृत्व परिवर्तन गर्ने कुरा नगरेको तर केन्द्रिय समिति र महासमिति बैठक बसेर चुनावमा पराजित हुनुको कारण खोज्नुपर्ने धारणा राखेको बताएका थिए ।

थापाले आफू अहिलेको नेतृत्व परिवर्तनको पक्षमा नभै कांग्रेसलाई बलियो बनाएर लैजाने पक्षमा रहेको देउवा सामुृ स्पष्ट पारेको स्रोतले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्