Logo

वाम गठबन्धनका विद्यार्थी संगठन सरकारविरुद्ध आक्रामक बन्दै



१९ पुस, काठमाडौं । वाम गठबन्धनका युवा तथा विद्यार्थीहरुले सरकार र निर्वाचन आयोगविरुद्ध विरोधका थप कार्यक्रम सार्वजनिक गरेका छन् ।

बुधबार बिहान बसेको संयुक्त बैठकले निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणाम सार्वजनिक गर्न आलटाल गरेको र सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयअनुसार बुधबार दिउँसो दुई बजे प्रदर्शनीमार्गबाट विरोध जुलुस निकालिने तयारी भइरहेको छ । अखिल क्रान्तिकारी, अनेरास्ववियु, वाईसीएल र युवा संघको सहभागीतामा भृकुटीमण्डपबाट रत्नपार्कसम्म प्रदर्शन गरिने छ ।

यसैगरी पुस २० गते इन्धनको मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ गर्दै ध्यानाकर्षणपत्र बुझाउने र २१ गते सार्बजनिक सडक बहस गर्ने कार्यक्रम पनि तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्