Logo

संवैधानिक निकायका प्रमुखहरुबिचको बैठकलाई लिएर आशंका गर्नुपर्ने अवस्था छैन : महालेखा परिक्षक शर्मा



२४ पुस, काठमाण्डौ । महालेखा परिक्षक टंकमणि शर्माले संवैधानिक निकायका प्रमुखहरुबिचको बैठकलाई लिएर कुनै पनि आशंका गर्नुपर्ने अवस्था नगरहेको स्पष्ट पारेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले चालु आर्थिक वर्ष सुरुभएदेखि नै संवैधानिक निकायका प्रमुखहरु आलोपालो गरेर अनौपचारिक छलफल गर्न थालिएको जानकारी दिए ।

गत साउन ३० गते लोकसेवा आयोगमा बसेर छलफल गरिएको जानकारी दिदै शर्माले आलोपालो बस्ने क्रममा पुस १९ गते निर्वाचन आयोगमा बसिएको बताए ।
बिचमा भदौ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान अयाोगमा बसिएको उनले बताए ।

कात्तिकतिर निर्वाचन आयोगमा बस्ने पालो भए पनि चाडबाड र चुनावको चटारो भएका कारण पुसमा १९ गते बसिएको बताए ।

अब महालेखा परिक्षकको कार्यालयमा बस्ने योजना रहेको शर्माले जानकारी दिए । संवैधानिक निकायका समकक्षी पदाधिकारीबिचको छलफललाई सामान्य रुपमा लिनुपर्ने उनको भनाई छ ।

निकायका प्रमुखसहित सचिवहरु पनि सहभागि अनौपचारिक छलफलमा दुई दर्जन व्यक्ति उपस्थित भएको भन्दै उनले अनावश्यक आशंका नगर्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्