Logo

डा. गोविन्द केसी अनशनमा



काठमाडौं, २४ पुस । आफ्नो अनसनका कारण बर्खास्त भएका त्रिविका डिन डा शशी शर्मालाई अदालतले पुनर्वहाली गर्न आदेश दिएपछि डा. गोविन्द केसी फेरि अनसन बस्ने भएका छन् । डाक्टर केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले माफिया स्थापना गर्दै न्याय प्रणालीको धज्जी उडाएको आरोप लगाउँदै त्यस विरुद्ध १४ औं अनसन बस्ने जनाएका हुन् ।

डा केसीले आजै त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गर्दैछन् । केसीको दशौं अनसनका क्रममा बर्खास्त भएका डीन शर्मालाई सर्वोच्च अदालतले ४ दिन कार्यकाल बाँकी रहंदा पुनर्वहाली गर्न आदेश दिएको छ । लगत्तै त्रिवि पदाधिकारीले पुनर्वहालीको प्रबन्ध मिलाउन आईओएमलाई भनेको छ ।

मेडिकल माफियाको स्वार्थ र साँठगाँठ अनुसार न्यायालयकै मानमर्दन हुने गरी फैसला भएको केसीको आरोप छ ।

केसीका मागहरु :

१) पदीय मर्यादाविपरीत न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाउने भ्रष्ट प्रधान न्यायधीश गोपाल पराजुलीद्वारा पदबाट तत्काल राजीनामा गरियोस् । तत्पश्चात उनका भ्रष्ट क्रियाकलापहरुमाथि छानविन र कारवाही गरियोस् ।

२) चिकित्सा शिक्षा आयोग तत्काल गठन गरियोस् ।

३) आइओएमका डिनमा विधिवत रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कायम गरियोस् । माफिया डिनको पुनर्वहाली तुरुन्त खारेज गरियोस् ।

४) मेडिकल माफियासितको मिलेमतोमा अवैध रुपमा खाली भवनलाई सम्बन्धन दिने, आइओएमको अधिकार नाजायज रुपमा खोसेर दुरुपयोग गर्ने तथा दलीय भागवण्डाबाट नियुक्त भएका त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरियोस् ।

५) त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी हामीले राखेका मागहरु पूरा गरियोस् ।



प्रतिक्रिया दिनुहोस्