Logo

एमाले–माओवादी एकता संयोजन समितिको बैठक सुरु



काठमाडौं, २५ पुस । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा संयोजन समितिको बैठक सुरु भएको एक नेताले जानकारी दिए ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि एकता संयोजन समितिको पहिलोपटक बैठक बसेको हो । बैठकले दुई पार्टीबीच राजनीतिक वैचारिक एकता र संगठनात्मक एकताको खाका बनाउन अलग अलग कार्यदल गठन गर्ने वताइएको छ । गत चुनावमा सहकार्य गरेका एमाले र माओवादीले चुनावपछि दुई पार्टी एकता गर्ने निर्णय गरेका थिए । सोही निर्णय अनुरुप एमाले र माओवादी बीच पार्टी एकीकरण हुन लागेको हो ।

बैठकमा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताद्धय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको उपस्थिति छ । तस्विर : मुकुन्द काकिलोटे 



प्रतिक्रिया दिनुहोस्