Logo

गोविन्द केसीले बयानमै भन्दिए, “गोपाल पराजुलीले दुईवटा नागरिकता किन लिए? एसएलसी पास हुन कि होइनन्?”



२५ पुस, काठमाण्डौ । प्रा. डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवहेलना गरेको बयान दिएका छन् ।
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर केसीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले मंगलबार बयान लिएको थियो । अदालतमा बयान दिने क्रममा केसीले गोपाल पराजुलीले नै अवहेलना गरेको आरोप लगाउँदै आफूलाई नभै पराजुलीलाई कारबाही गर्नुपर्ने बताए ।

सर्वोच्चको आदेशपछि अनस्थल स्थलबाटै पक्राउ परेका डा. केसीलाई विहानै अदालत लगिएको थियो ।

उनको बयान सकिएको छ र, ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा बहस सुरु हुँदैछ ।

डा. केसी का एक वकिलका अनुसार बयानका क्रममा प्रधानन्यायाधीश राजुलीमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पराजुलीको दुई वटा नागरिकता लिएको, उमेर सच्याएको तथा एसएलसी पास गरे नगरेको प्रश्न उठाएका छन् ।

पराजुलीले आफ्नो भन्जेज्वाइँ नातेदार कहकुल सुवेदीले ६–७ महिनाको अवधिमा रजिष्टार, मुख्य रजिष्टार हुँदै उच्च अदालतको मुख्य न्यायाधीश बनाएर न्यायिक स्वाधिनतामा कुठाराघात गरेको बताए । उनले भनेका छन्, ‘आफ्नो नातेदारलाई ६र७ महिनामा तीन पटक प्रमोसन गर्ने जस्तो अस्वभाविक र अमर्यादित कार्य गर्ने व्यक्ति प्रधानन्यायाधीश जस्तो ओहदामा बस्न मिल्दैन ।’

केसीले बयानकै क्रममा पनि पराजुलीको राजिनामा मागेका थिए ।
पराजुलीले राजिनामा नदिएसम्म न्यापपालिका स्वाधिन र स्वतन्त्र बन्नबाट बाधा अवरोध भइरहने केसीको भनाई थियो ।

गोपाल पराजुलीले न्यायपालिकाको अस्था, गरिमा र स्वाधिनतालाई चुनौती दिएको भन्दै डा. गोविन्द केसीले बयानमा पराजुलीबाटै अदालतको अवहेलना भएकाले निजउपर अदालतको अवहेलनामा कारबाही गरि पाऊँ भनि भनेका थिए ।

साथै पराजुली बाहेक सर्वोच्चका अन्य सम्पूर्ण न्यायाधीशको इजलासमा मुद्दाको सुनुवाइ गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्