Logo

यसरी धम्क्याए मन्त्री बलायरले देउवालाई, तत्काल राजिनामा दिने !



काठमाडौं, ४ माघ । भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्री वीरवबहादुर बलायर प्रधानमन्त्री शेरबहादुर देउवासँग रुष्ट बनेका छन् । सरकारले हिजोमात्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको थियो । प्रधानमन्त्री देउवाले आफ्नो कुरा नसुनेकोले बलायर अहिले रुष्ट बनेका हुन् ।

मन्त्री बलायरले प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने माँग गर्दै आएका थिए । तर देउवाले उनको कुरा सुनेनन् । उनले ७ नम्बर प्रदेशको राजधानी धनगढी बनाए । यो निर्णयसँगै मन्त्री बलायर तत्काल राजिनामा दिने मुडमा पुगेको स्रोतको दाबी छ ।

प्रदेशको अस्थायी मुकाम तोक्नको लागि निर्णय लिन बसेको मन्त्रिपरिषदको बैठकै प्रधानमन्त्री देउवा र मन्त्री बलायरवीच भनाभन नै परेको थियो । अहिले डोटीमा आन्दोलन भैरहेकोले आफूलाई अप्ठ्यारो पर्ने अवस्था भएकोले यसबारेमा सोच्न उनले पटक–पटक आग्रह गरेका थिए ।

तर उनको शब्द भुँईमा खस्न नपाउँदै देउवाले कडा रुपमा प्रतिवाद गरे । देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘मन्त्री हुँदा त चुनाव जित्नुभएन, अब के गर्न सक्नुहुन्छ र ? तपाईलाई यत्रो ठूलो चिन्ता ?’

बलायरका अलावा देउवासँग रुष्ट हुने मन्त्रीहरुमा उद्योगमन्त्री सुनिल बहादुर थापा पनि छन् । त्यस्तै ३ नम्बरको राजधानी काभ्रे हुनुपर्छ भनेर सुरुदेखि लविङ् गरेका सञ्चारमन्त्री मोहन बहादुर बस्नेत पनि देउवासँग रुष्ट छन् । त्यस्तै मन्त्री डिल्ली चौधरी पनि देउवासँग रुष्ट छन् । ५ नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्छ भनेर आवाज उठाउँदै आएका मन्त्री चौधरीलाई देउवाले अन्तिममा आएर हावा खुवाईदिए । उक्त प्रदेशको राजधानी बुटवल भएको छ । अहिले पनि दाङमा आन्दोलन जारी छ ।



प्रतिक्रिया दिनुहोस्