Logo

आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन लविङ



धनगढी, ८ माघ । नेपाली काँग्रेसबाट प्रदेशसभा ७ मा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ शुरु गरेका छन्।

नेपाली काँग्रेसका डडेल्धुरा सभापति कर्ण बहादुर मल्ल र कैलाली सभापति मनु शाहको उपस्थितिमा उनीहरुले एक कार्यक्रम गरि आरजुलाई उमेद्वार बनाउन माग गरेका छन् । उनीहरुले वक्तव्य समेत निकालि आरजुलाई उमेद्वार बनाउने तर्क समेत पेश गरेका हुन्।

प्रदेश नं ७ का ४ महिला सांसदहरुले सोमवार बिज्ञप्ती मार्फत नेपाली काँग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग आरजुलाई उमेद्वार बनाउन माग गरेका हुन ।प्रदेश नं ७ बाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून हुने भन्दै यस्तो आग्रह गरिएको प्रदेश सांसद दिब्यश्वरी शाहले बताईन ।

 

नेपाली काँग्रेसबाट प्रतिनिधीत्व गर्ने प्रदेश सांसद दिश्वश्वरी शाह, उमादेबी वादी, नन्दा बम र अम्वीका कुमारी थापाले माग पत्रमा हस्ताक्षर गरेका छन् । काँग्रेसले कैलालीबाट चुनावमा खडा गरेको आरजु प्रतिनिधि सभाको चुनावमा पराजित भएकी थिइन। स्वयं पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी धर्मपत्नी आरजुलाई पुनः उमेद्वार बनाउने बारेमा काँग्रेसको केन्द्रीय समिति र स्यवं सभापतिले भने कसरी लिने हुन त्यो भने प्रष्ट छैन।



प्रतिक्रिया दिनुहोस्