Logo

प्रहरीलाई छक्याउन सफल नवराज सिलवाललाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी



८ माघ, काठमाण्डौ । नेपाल प्रहरीले पूर्व डिआइजी नवराज सिलवाललाई पक्राउ गर्ने डिफ्युजन नोटिस जारी गरेको छ ।
नेपाल प्रहरीको इन्टरपोल शाखाले आइतवार नोटिस जारी गरेको हो । एमालेको तर्फबाट प्रतिनिधि सभाका लागि ललितपुर क्षेत्र नम्बर १ बाट विजयी सिलवाल अहिले देशभित्र नभएको अनुमान गरेको छ ।

बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि उनी फरार छन् ।

प्रहरीले केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउन निर्देशन दिएको थियो ।

आइतबार १ सय ६५ जना प्रहरिको टोलीले सिलवालाई भट्टेडाडामा खोजी गरेपनि नभेटिएपछि नोटिस जारी गरेको हो । यसअघि सिलवालले एक संचारमाध्यमलाई आफू भट्टेडाँडामै रहेको उल्लेख गरेका थिए ।

गत बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाल नेपालमा नरहेको भन्दै अपराध अनुसन्धान विभागलाई लिखित जानकारी गराएको थियो ।

नेपाल प्रहरीको मुभमेन्ट सबै बुझेका सिलवालले इन्टरपोलमा नोटिस जारी हुने संकेत पाएलगत्तै सामाजिक सञ्जाल चलाउन छाडेका छन् भने भाइबरसमेत निश्क्रिय बनाइसकेका छन् ।
इन्टरपोलमा १ सय ९२ देशको सुरक्षा निकाय जोडिएको छ ।



प्रतिक्रिया दिनुहोस्