Logo

सात भाइका युवा नेता तितरवितर, भण्डारी र शर्माबीच बोलचाल बन्द



१३ माघ, काठमाण्डौ । पार्टीले चुनावमा लज्जास्पद पराजय बेहोरेपछि नेतृत्वको आलोचना गर्दै कांग्रेसलाई सुधारको बाटोमा लैजान एकतावद्ध भएका युवानेताहरु अहिले विभाजित भएका छन् ।

सभापति शेरबहादुर देउवासहित शीर्ष नेता र पदाधिकारीहरुको कमजोरीका कारण कांग्रेसले चुनाव हार्नुपरेको ठहर गर्दै युवा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर कांग्रेसलाई पुनर्जीवन दिनुपर्ने भन्दै आवाज उठाएका युवा नेताहरु तितरवितर जस्तै बनेका छन् ।

सात जना युवा नेताहरुको समुहमा विश्वप्रकाश शर्मा, गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, बद्री पाण्डे, प्रदिप पौडेल र गुरु घिमिरे थिए ।
तर अहिले शर्मालाई देउवाले पार्टीको प्रवक्ता बनाएर समुहबाट अलग गराइदिएका छन् भने पाण्डेलाई पनि राष्ट्रियसभाका लागि टिकट दिएर भुलाएका छन् ।

चण्डारीले त शर्मालाई लोभमा फसेर प्रवक्ता बन्न गएको आरोप नै लगाएका छन् ।

पछिल्लो समय चन्द्र भण्डारी र विश्वप्रकाश शर्माबिच बोलचाल नै बन्द भएको बताइएको छ ।प्रवक्ता बन्नुअघि युवाहरुसँग मिलेर एउटै आवाज गरेका शर्मा एजेण्डा छोडेर हिँडेको आरोप अरु नेताहरुले पनि लगाएका छन् ।

अहिले गगनले चन्द्रलाई अगाडि सार्न चाहेका छन् । आफूभन्दा सिनियर भएकालेभण्डारीलाई अघि सार्दा राम्रो हुने भएकाले गगनले नयाँ रणनीति लिएका हुन् ।

यद्यपी पार्टीले हारेपछि सबैभन्दा पहिला नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनमा गएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठाउने पहिलो व्यक्ति थापा नै हुन् ।

७ जना युवा नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै तत्काल पार्टीको महासमिति बैठक बोलाउन माग गरेका छन् ।  वीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको पुस १६ कै दिन पारेर चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, गुरुराज घिमिरे, गगन थापा,बद्री पाण्डे र प्रदिप पौडेलले पाँचबुँदे संयुक्त वक्तव्य जारी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्