Logo

नयाँ बानेश्वरमा देखियो अचम्म, नेताहरु जुत्ता पालिस गर्न व्यस्त



काठमाडौं, १६ माघ । मंगलबार बिहान नयाँ बानेश्वरमा रोचक दृश्य देखियो । परिचित अनुहार सडकमा सर्वसाधारणको जुत्ता पालिस गरिरहेका थिए । असामान्य लाग्ने यो दृश्यले धेरैको ध्यान तान्यो । नजिकै पुगेर हेर्दा जुत्ता पालिस गर्ने नेपाली कांग्रेसका नेता रहेछन् ।

नेताहरू जुत्ता पालिसको यो अभिनय गर्न किन उत्रिए भन्ने धेरैले चाल पाएनन् । प शहीद दिवसको अवसरमा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आयोजना गरेको यो पूर्व निर्धारित कार्यक्रम थियो । ‘राजनीतिक शुद्धिकरण अभियान अन्तर्गत जुत्ता पालिस कार्यक्रम’ नाम दिइएको थियो ।

कांग्रेस नेता धनराज गुरुङ, चन्द्र भण्डारी, दमनाथ ढुंगाना लगायत सडकमा देखिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्