Logo

विदेशमन्त्री स्वराज भोली साँझ काठमाण्डौ आइपुग्ने, यस्तो छ भेटघाटको कार्यतालिका



माघ १७, काठमाण्डौ । भारत सरकारकी विदेशमन्त्री शुस्मा स्वराज भोली साँझ काठमाण्डौ आइपुग्ने भएकी छिन् । नेपाल भ्रमणको खास कारण अहिलेसम्म नखुलाईए पनि स्वराजले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने निश्चित भइसकेको छ ।

त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि स्वराजले भेटवार्ता गर्ने समय तालिका निर्धारण भइसेकेको छ । स्वराज नेपाल आउनुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका भावी प्रधानमन्त्रीको पर्खाईमा रहेका ओलीबिचको सम्बन्ध सुमधुर बनाउने प्रयासको रुपमा लिइएको छ ।

विदेशमन्त्री स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार र २ जना सञ्चारकर्मी आउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच शुक्रबार दिउसो भेटवार्ता हुने भएको छ ।
विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग शुक्रबार दिउसो १२ बजे राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्ने तय भएको स्रोतले बतायो ।

राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भारतीय विदेश सचिव विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले लगायत हुनेछन् ।

भेटघाट आधा घण्टादेखि ४५ मिनेटसम्म हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्