Logo

प्रचण्डको सचिवालयद्धारा ओलीमाथि गम्भीर आरोप, पार्टी एकता नहुने संकेत



माघ १९, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता प्रक्रिया चलिरहेका बेला भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणले दुई पार्टीबिचको सम्बन्धमा दरार ल्याउने संकेत गरेको छ ।

भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीलाई नेपालका हुनेवाला प्रधानमन्त्रीको रुपमा हेरे । त्यसैको नतिजा हो सुश्मा स्वराजको नेपाल भ्रमण ।

भ्रमणले दुई देशबिचको सम्बन्ध सुमधुर बनाउने भनिए पनि भेटको मूल उद्देश्य मोदी र ओलीबिचको व्यक्तिगत सम्बन्ध विस्तार जस्तो पनि देखिएको छ ।

प्रधानमन्त्री बन्ने लागेको बेलामा अहिले नै प्रधानमन्त्री भइसकेको जसरी स्वराजलाई रात्रीभोजसम्म दिनुले ओली आलोचनाको सिकार पनि भएका छन् । अर्कोतिर नाकाबन्दीका बेला भारतसामु नझुकेर सबै नेपालीले प्रशंसा गर्ने गरी राष्ट्रियताको कुरा गरेका ओली स्वराजसामु झुकेको भनेर टिप्पणी पनि गरिएको छ ।

यही सन्दर्भलाई नेकपा माओवादीले पनि सहजै लिन सकेको छैन । माओवादीकै सहयोगमा प्रधानमन्त्री बन्न लागेका ओलीले पार्टी एकतालाई छायाँमा पार्न लागेको आशंका माओवादी नेताहरुले गरेका छन् ।

भारतको विश्वास पात्रका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली चिनिन थालेपछि ओलीलाई माओवादी केन्द्रको दृष्टिकोण पनि फरक भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका एक सदस्यले त ओलीलाई भारतीय दलाल नै भनेका छन् ।

प्रकाश दाहालको मृत्यु भएपछि सचिवालय सम्हाल्दै आएका मनोहरी तिमल्सिनाले ओलीको बारेमा विगत कोट्याउँदै तीन अवतार प्रस्तुत गरेका छन् ।

मिमिल्सिनाले ओलीका बारेमा तीनवटा बुँदा छर्लङ्ग पार्ने प्रयास गरेका छन् । उनका अनुसार १ नम्बरमा ओली ०४६ सालदेखि ०७२ सालसम्म दिल्लीभक्त थिए अनि महाकाली सन्धिका प्रमुख योजनाकार थिए ।

तस्विर स्रोत : नेपाल पाना

दोस्रोमा ०७२ असोजदेखि ०७४ माघसम्म ओली चर्चित राष्ट्रवादी नेता भए, राष्ट्रका पहरेदार भए । तेस्रोमा ०७४ माघदेखि प्रधानमन्त्रीका लागि छिमेकी हस्तक्षेप आमन्त्रण गर्ने भए ।
यसरी तिम्लिसनाले १२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राख्यो बाङ्गाको बाङ्गै भनेर उल्लेख गरेका छन् ।

आफू प्रधानमन्त्री बन्ने पक्का भएपछि ओलीले पार्टी एकतालाई ओझेलमा पार्न खोजेपछि माओवादी नेताहरु झन रुष्ट भएका छन् । ओलीले सके पार्टी एकता नै नगर्ने, गर्नै पर्ने भए प्रचण्डलाई अध्यक्ष पद कुनै पनि हालतमा नदिने रणनीति लिएको माओवादीका कतिपय नेताहरुले अनुमान लगाउन थालिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्