Logo

राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा



काठमाडौं, २३ माघ । निर्वाचन आयोगले भोलि(बुधबार) हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

प्रदेश नम्बर २ बाट निर्वाचित हुने सबै सदस्य निर्विरोध भइसकेकाले सो प्रदेशमा भने निर्वाचन हुने छैन । बाँकी ६ वटा प्रदेशमा भोलि निर्वाचन हुने छ ।

प्रदेश नम्बर १ को विराटनगर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को डोटीमा मतदान केन्द्र तोकिएको छ । राष्ट्रियसभामा चुनिने ५६ सिटमध्ये उम्मेदवारी मनोनयनकै क्रममा २४ सिट निर्विरोध भैसकेका छन् । अब ३२ सिटका लागि मात्रै चुनाव हुने छ ।

५९ सदस्यीय राष्ट्रियसभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

हरेक प्रदेशबाट कम्तिमा ३ जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरु ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ । आयोगले फागुन ५ गतेभित्र प्रतिनिधिसभा चुनावको सबै परिणामसमेत राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्