Logo

अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढने शर्माको दाबी



कुमोद अधिकारी : २४ माघ । विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले सवैतहको निर्वाचन सम्पन्न भइसकेकाले अव चाडै सत्ता हस्तान्तरण प्रक्रिया अघि वढने वताएका छन् । नेपाल प्रेस युनियन मोरङले विराटनगरमा बुधवार गरेको पत्रकार सम्मेलन वोल्दै उनले फागुनको दोश्रो सातासम्म नयाँ सरकार वन्ने वताए ।

संवैधानिका प्रक्रियाका कारण सत्ता हस्तान्तरणमा केही ढिलाई भएको उनको भनाई थियो । प्रवक्ता शर्माले पछिल्लो पटक सरकारले गरेको निर्णयले मुलुकलाई दुर्गामी असर नर्पने वताए । जान लागेको र आउने लागेको सरकार भन्दापनी सरकारले गरेको राम्रो निर्णयलाई नयाँ सरकारले पनी निरन्तरता दिनुपर्ने उनले वताए ।

एक प्रश्नमा उनले पार्टिको विधि र प्रक्रिया अनुसार कांग्रेस भित्र रुपान्तर आवश्यक रहेको बताए । निर्वाचन कांग्रेसले भोगेको पराजयको आन्तरिक र दिर्घकालिन असर खोजेर पार्टिलाई नया ढंगवाट अगाडी वढाउनुपर्ने उनले वताए ।

प्रवक्ता शर्माले केन्द्रिय कार्य समितिको वैठक वोलाएर कांग्रेसले महासमिति वैठकको मिति तोकिने वताए ।



प्रतिक्रिया दिनुहोस्