Logo

काँग्रेसको आकस्मिक बैठक भोलि शुक्रबार



काठमाडौँ, २५ माघ : नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको छ ।

शुक्रबार बिहान ९ बजे उक्त बैठक आह्वान गरिएको नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताउनुभयो । यसैबीच उक्त पार्टीको प्रदेश नं ३ को प्रदेशसभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ सर्वसम्मतरुपमा चयन हुनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्