Logo

कांग्रेस बैठकका एजेण्डाबारे प्रवक्ता शर्मा दिए यस्तो जानकारी



माघ २६, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक शुक्रबार बस्दैछ । अहिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने छ ।

प्रदेशसभा गठन र सन्चालन सम्वन्धी विधान बैठकको एजेण्डा रहेको बताइएको छ ।
संसदीय दलको विधानको विषयमा छलफल गर्न भनेर बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले डा. मिनेन्द्र रिजालले विधानको मस्यौदा प्रस्तुत गर्ने र त्यसलाई छलफल गरी पारित गर्ने उनले जानकारी दिए ।

समानुपातिकतर्फको सुचिका विषयमा पनि छलफल हुने शर्माले बताए ।

राष्ट्रियसभा निर्वाचनको परिणामसमेत आइसकेकाले अब नयाँ सरकार गठनको बाटो खुलेकाले सरकारबाट राजीनामा दिने कि नदिने भन्ने विषयमा पनि छलफल हुने अनुमान छ ।

कतिपय कांग्रेस नेताहरुले भने सरकार कामचलाउ भइसकेकाले प्रधानमन्त्रीले राजीनामा दिइराख्नु नपर्ने बताउँछन् । कांग्रेस प्रवक्ता शर्माले के गर्ने भन्ने कुरा शुक्रबार साँझसम्म टुंगो लाग्ने बताए ।

प्रवक्ता शर्माले नयाँ सरकार गठनका लागि भएका राजनीतिक र संवैधानिक प्रक्रिया पूरा भएकाले समानुपातिक मत परिणाम सार्वजनिक भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्