Logo

प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल



प्रदेश ४ को मुख्यमन्त्री सहमतिमै चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ ।

दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश १ र ३ मा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच गुटगत चुनाव भए पनि प्रदेश ४ मा भने दुवैजना संस्थापन पक्षकै नेताबीच चुनाव हुन लागेको हो ।

सहमतिको सम्भावना नरहेकाले निर्वाचनबाट छिनोफानो हुने दलको नेताका प्रत्याशी किरण गुरुङले बताए ।

प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । त्यसमध्ये एकजना बाहेक सबै संस्थापन पक्षका हुन् । दुवै नेताले आफू जित्ने दावी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्