Logo

एमालेले समानुपातिक सासंदका लागि नाम बुझायो, हेर्नुहोस् को–को परे ?



माघ २८, काठमाण्डौ । नेकपा एमालेले प्रतिनिधि सभा समानुपातिक सांसदका लागि ४१ जनाको नाम सिफारिस गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले ४१ जनाको नाम सिफारिस गरेको हो ।

उक्त सूची आजै निर्वाचन आयोगमा पेश गरिएका एमालेले जनाएको छ ।
निर्वाचन आयोगले एमालेलाई कम्तीमा ३७ महिलासहित ४१ सांसदको सूची पठाउन पत्राचार गरेको थियो ।

पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनाामा मुकुन्द न्यौपाने एक नम्बरमा छन् । अन्तिम ४१ औं नम्बरमा समिना हुसेनको नाम छ ।

एमालेबाट पुरुषतर्फ चारजना परेका छन् भने ३७ जना महिला परेका छन् ।

समानुपातिकमा एमालेबाट यसअघि थरुहट पार्टीबाट सभासद बनेकी गंगा चौधरी सतगौंवा पनि परेकी छन् । त्यस्तै अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्री, वर्तमान अध्यक्ष नविना लामा पनि समानुपातिकबाट सांसद बन्न सफल भएका छन् ।

संविधान अनुसार क्लस्टर मिलाई नामावली पठाए नपठाएको निर्वाचन आयोगले रुजु गरी सकेपछि मात्र निर्वाचित भएको घोषणा गर्नेछ ।

१. मुकुन्द न्यौपाने (खसआर्यरपुरुष)
२. विजय सुब्बा (आदिवासी जनजातिरपुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्ररपुरुष)
४. मोतीलाल दुगड (मधेसीरपुरुष)
५. थममाया थापा (आदिवासी जनजातिरमहिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजातिरमहिला)
७. सुजिता शाक्य (आदिवासी जनजातिरमहिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजातिरमहिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजातिरमहिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजातिरमहिला)
११. नबिना लामा (आदिवासी जनजातिरमहिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजातिरमहिला)
१३. कुमारी मेचे (आदिवासी जनजातिरमहिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजातिरमहिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्यरमहिला)
१६. बिन्दा पाण्डे (खसआर्यरमहिला)
१७. गोमा देवकोटा (खसआर्यरमहिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्यरमहिला)
१९. निरुदेवी पाल (खसआर्यरमहिला)
२०. मनकुमारी जिसी (खसआर्यरमहिला)
२१. मायादेवी न्यौपाने (खसआर्यरमहिला)
२२. विष्णु शर्मा (खसआर्यरमहिला)
२३. सरिता न्यौपाने (खसआर्यरमहिला)
२४. मैना कुमारी भण्डारी (खसआर्यरमहिला)
२५. तीर्था गौतम (खसआर्यरमहिला)
२६. शान्ता चौधरी (थारुरमहिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारुरमहिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारुरमहिला)
२९. निरादेवी जैरु (दलितरमहिला)
३०. बिमला विश्वकर्मा (दलितरमहिला)
३१. बिमला विक (दलितरमहिला)
३२. पार्वतीकुमारी विसुंखे (दलितरमहिला)
३३. सानु शिवा (दलितरमहिला)
३४. आशाकुमारी विक (दलितरमहिला)
३५. जुलीकुमारी महतो (मधेसीरमहिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसीरमहिला)
३७. सरलाकुमारी यादव (मधेसीरमहिला)
३८. रेखाकुमारी झा (मधेसीरमहिला)
३९. सरिताकुमारी गिरी (मधेसीरमहिला)
४०. कालिला खान (मुस्लिमरमहिला)
४१. समिना हुसेन (मुस्लिमरमहिला)



प्रतिक्रिया दिनुहोस्