Logo

डोरमणिले सपथ लिए, माओवादीले मन्त्रीको नाम नदिएपछि एमाले एक्लै सरकार बनाउँदै



माघ २९, काठमाण्डौ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिएका हुन् । उनले केहीबेरमा पदभार सम्हाल्ने कार्यक्रम छ ।

प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

पौडेललाई माओवादी केन्द्रको पनि समर्थन छ । तर, माओवादीले तत्काल सरकारमा नजाने संकेत दिएको छ । एमालेले एक मन्त्रीको नाम दिन आग्रह गरेपनि माओवादीले पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै मन्त्रीको नाम दिन मानेको छैन ।

पार्टी एकताको खाका स्पष्ट नभएको भन्दै माओवादी केन्द्रले मन्त्रीको नामदिन नमानेपछि तत्काल प्रदेश सरकारमा माओावदी सहभागी नहुने सम्भावना बढेको छ ।

माओवादी समेतको समर्थनमा एमाले संसदीय दलका नेता डोरमणि पौडेल मुख्यमन्त्री नियुक्त भएका हुन् । आजै सपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने पौडेलको तयारी छ । त्यसका लागि माओवादीसँग नाम मागेको थियो ।

तर, माओवादी केन्द्र सरकारमा जान तयार भएको छैन ।



प्रतिक्रिया दिनुहोस्