Logo

प्रदेश ३ काे गृहमन्त्रीमा जमरकट्टेल नियुक्त



हेटौंडा, २९ माघ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा माओवादी केन्द्रबाट शालिकराम जम्मरकट्टेल र एमालेबाट केशव स्थापित मन्त्री बनेका छन् ।

जम्मरकट्टेलले प्रदेशको गृह मन्त्रालय मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्नेछन् भने स्थापित भौतिक पूर्वाधार मन्त्री बनेका छन् । उनीहरु दुबै जनालाई सोमबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ ग्रहण गराएकी छन् ।



प्रतिक्रिया दिनुहोस्