Logo

लालबाबु र थममायाले पनि सपथ लिए



काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

राष्ट्रपति भवन शितलनिवास उनले सपथ लिएका हुन् । अपरान्ह ४ बजेपछि ओलीको शपथ ग्रहण कार्यक्रम तोकिएपनि झण्डै एक घण्टा ढिला गरि उनले सपथ लिएका हुन् ।

प्रधानमन्त्री ओलीसँगै नवनियुक्त मन्त्रीद्धय लालबाबु पण्डित र थममाया थापाले पनि सपथ लिएका छन् । पण्डितले जनसंख्या तथा वातावरण र थापाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

शपथ ग्रहण समारोहमा राजनैतिक दलमा नेता, संवैधानिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्