Logo

समृद्ध प्रदेश बनाउने नीति ल्याउने कार्यमा केन्द्रित छौं : मुख्यमन्त्री राई



इटहरी, फाल्गुन ५ : प्रदेशलाई सबै क्षेत्रमा समुन्नत बनाउन त्यहीअनुरूपको नीति ल्याउन आफू आतुर रहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

शुक्रबार इटहरीमा प्याब्सन प्रदेश १ को आयोजनामा भएको प्रथम साधारणसभाको उद्घाटन गर्दै राईले प्रदेशलाई सवल र सक्षम बनाउने अभियानको प्रस्थान विन्दुमा रहेको बताए । उनले भने, ‘समृद्ध प्रदेश बनाउने योजना र नीति ल्याउने कार्यमा हामी केन्द्रित छौं र आतुर पनि छौं ।’

मुख्यमन्त्री राईले शिक्षा नीतिमा के कस्तो योजना बनाउँदा गरिब तथा सीमान्तकृतको पहुँचमा शिक्षा पुर्‍याउन सकिन्छ भन्ने विषयमा प्याब्सनका प्रबुद्ध वर्गले सुझाव दिनुपर्ने बताए ।

प्याब्सन नेतृत्वले प्रदेश सरकारलाई शैक्षिक नीतिमा आमुल परिवर्तनका नीति बनाउनसमेत ठोस सन्देश एवं सुझाव दिन पनि आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्