Logo

समृद्धिको नेतृत्व एमालेले गर्छ : पूर्व प्रम नेपाल



गौर, रौतहट, ७ फागुन (रासस) : नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब राष्ट्र राजनीतिक विकास एवं समृद्धिको पथमा अघि बढेको र यसको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले रौतहटको गौरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुनेछ भन्नुभयो ।

उहाँले एकीकरणको जिम्मा दुवै पार्टीले संयोजन समितिलाई दिएको सम्भवतः आजै यस कुराको निर्णय हुने बताउनुभयो । कार्यक्रम प्रेस चौतरी नेपाल रौतहट शाखाका अध्यक्ष आदर्श उपाध्यायको अध्यक्षतामा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्