Logo

राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन



काठमाडौँ, ८ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई आज मनोनयन गर्नुभएको हो ।

मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ,‘आज मिति २०७४ साल फागुन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ ।’



प्रतिक्रिया दिनुहोस्